प्रतिवेदन लेखनसम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति:

२९ अगस्ट २०२० – प्रतिवेदन लेखन सम्बन्धी अन्तरक्रिया आज काठमाडौँमा सम्पन्न भएको छ ्कार्यक्रममा प्रतिवेदन लेखनको क्रममा चाहिने आधारभूत सिप, परियोजना व्यवस्थापन गर्दा यसको महत्व,प्रभावकारिता, लेख्ने तौर तरिका को बारेमा छलफल गरिएको थियो ्र परियोजना व्यवस्थापन सम्बन्धी रहेर विभिन्न संघ संस्था मा काम गरिरहनुभएका सामाजिककार्यकर्ता, परियोजना व्यवस्थापक, बिद्यार्थी र संघ संस्थाको प्रतिनिधि आदि लाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरिएको थियो

कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, सिट्रेड प्रा। लीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा परियोजना सम्बन्धी प्रतिवेदन ढाचा, तौर तरिका र, रिपोर्टमा लेखनमा रिजल्ट बेस मेनेजमेन्टको अनुसरण, रेपोर्ट लेखनमा अनुगमन, मुल्याकन को उपयोगिता बारेमा अनुभव आदान प्रदान गरिएको थियो  कोभिड १९ संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै अनलाइन मा गरिएको उक्त अन्तरक्रियामासिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापा ले सहजीकरण गर्नु भएको थियो भने पुर्णिमा सिंह छेत्री ले प्रतिवेदन लेखन सम्बन्धी विषयमा आधारित भएर प्रस्तुतीकरण गर्नु भएको थियो

सहभागीहरुले प्रतिवेदन कसरी लेख्ने, ढाचा कस्तो हुन्छ, सिकाई र चुनौतीको भिन्नता के हो, लक्षित वर्गमा आएको उपलब्धि लाई प्रतिवेदन मा कसरी झल्काउने, प्रतिवेदनमा सरोकारवालाको भुमिका लाई कसरी देखाउने,जस्ता जिज्ञासा राख्नु भएको थियो्र त्यसक्रममो्रसहभागीहरुको धारणा सम्बोधन गर्दै प्रस्तोता श्री पुर्णिमा सिंह छेत्री ले रेपोर्ट लेख्दा कार्यक्रम, अपेक्षागरिएको उपलब्धि, मापन उपलब्धि शैली, परियोजना को क्रियाकलापले ल्याएको परिवर्तन तथा प्रभाव, र सरोकारवालाको परियोजना सम्बन्धी बुझाई को प्रस्ट रुप मा उल्लेख गर्नु पर्ने, यसक्रममा बिभिन्न टुलहरु जस्ती , सामुहिक छलफल, प्रस्नावाली, अन्तर्वार्ता, साथै अरु बिभिन्न टुल हरु प्रयोग गर्न सकिने प्रस्ट पार्नुभयोे

स्थापना कालदेखि विभिन सेवा क्षेत्र जस्तै परामर्श सेवाहरू अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन, निजी क्षेत्र र व्यापार विकास , तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार आईईसी विकास र प्रकाशन रहेको र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था एवम् सरकारी निकायहरुलाई परामर्श दिदै आइरहेको र हाल संस्थाहरुले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरिएकोर यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्नेप्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष सिट्रेडको शुक्रराज पौडेललेजानकारी दिनु भयो  ,अन्तरक्रिया कार्यकम्रमा ५० जना भन्दा बढी विभिन पेसाकर्मी, ,अभियन्ताहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो  आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया,गोष्ठी, तालिम लगायतक्रियाकलापहरु संचालन गर्दैजाने आयोजक टिमले जानकारी दिएको छ