मन्त्रीलगायत जिल्लाका नेतृत्वकर्तालाइ युवाको प्रश्न — पिसिआर मेसिन जिल्लामा कहीले आउछ ?

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ १४, नवलपरासी । पश्चिम नवलपरासीका युवाहरुले पिसिआर मेसिन जिल्लामा कहीले आउछ ? भनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हुदेश त्रिपाटि लगायतका जिल्लाबाट नेतृत्व गरीहेकाहरुलाई प्रश्न गरेका छन । पछिल्लो समय कोरोना संक्रमणको महामारी बढ्दै गएको बेला युवाहरुले जिल्लामा नै कोरोना प्रीक्षण गर्नका लागी दबाव स्वरुप अभियान सञ्चालन गरेको युथ अफ नवलपरासी वेष्टमा अभियान्ता कृष्ण पाण्डेले बताउनु भयो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का करीब २ सय जना युवाहरुले एकै साथ कोरोना घर घरमा आइसक्यो, हजुरले पिसिर मेसिन कहिले ल्याउनु हुन्छ ? भनेर एसएमएस पठाएका हुन । जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेका बेला युवाहरुले दवाव सिर्जना गरेका हुन । जिल्लामा निशेधाज्ञा मात्र गर्ने कोरोना परिक्षण बाह्य जिल्लामा निर्भर रहनु पर्ने र रिपोर्ट ढिला आउने गर्दा समुदायमा कोरोना तिब्र रुपमा फैलिएको युवाहरुले निष्र्कश निकालेका छन ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, संघिय सांसद देवेन्द्रराज कंडेल, ५ नं. प्रदेशका मन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारी, अजय शाही र भगवती भण्डारी, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेकपा नवलपरासी जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली कांगे्रसका जिल्ला सभापति बिष्णु प्रसाद पौडेल, बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्याल , रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापा क्षेत्री, पाल्हिनन्दन गाउपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरि, सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, प्रतापुर गाउपालिका उपाध्यक्ष अञ्जु चौधरी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मालाई दबाव दिइएको अभियान्ता पाण्डेले बताए ।