बर्दघाटमा ९३ जनाको स्वाब संकलन

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
भदौ १४, नवलपरासी । बर्दघाट नगरपालिकाको समन्वयमा आज ९३ जनाको स्वाप संकलन गरीएको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर १४ मा रहेका सहिद स्मृति सामुदायीक अस्पतालमा ९३ जनाको स्वाब संकलन गरीएको बर्दघाट नगरपालिकाका स्वास्थ्य प्रमुख माधब ज्ञावालीले जानकारी दिनु भयो । आज विहान ११ बजेदेखी सुरु गरीएको स्वाब संकलन तिन बजेसम्म सकिएको छ ।
बर्दघाट नगरपालिकामा समुदायमा कोरोना देखीए पछि अग्रपतिमा काम गर्ने स्वास्थ्य कर्मि, पत्रकारलगायतको स्वाब परीक्षण गरीएको नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनु भयो । अस्पतालमा रहेका बिरामी, स्वास्थ्य कर्मी र स्थानियहरुको स्वाब संकलन गरीएको हो ।