भाडा छुटगर्ने घरधनीलाइ तुलसीपुर उधोग बाणीज्य सम्मान ।।

प्रकाशित मिति:

चेतन रेग्मी १४ भदौ दाङ । लकडाउनको अबधीमा घरभाडा छुटगरी ब्यबसाहीलाइ राहत दिएको भन्दै तुलसीपुर उधोग बाणीज्य संघले यहाका केही घरधनीहरुलाइ सम्मान गरेको छ ।बाणीज्य संघले आफनै कार्यकक्षमा आज आइतबार यक कार्यक्रमको आयोजना गरी घरधनीहरुलाइ सम्मान गरेको हो ।

बिश्वब्यपाीरुपमा माहामारीका रुपमा देखापरेको कोभीड १९ का र यसबाट उत्तपन्न परीस्थीतीका कारण ब्यबसायीहरुलाइ पर्नगएको मर्कालाइ सम्बोधन गरी राहत प्रदान गरेकाले घरधनीहरुलाइ बाणीज्य संघले सम्मान गरेको तुलसीपुर उधोग बाणीज्य संघका अध्यक्ष बिर बहादुर रावतले बताउनुभयो । कार्यक्रमा घरधनीहरु महोन न्यौपाने,शेवकराम भण्डारी लगायतले कोभीडका कारण ब्यबसाय बन्दगर्न पुगेका ब्यबसायीहरुलाइ थोरैभएपनी राहतहोस भनेर आफुहरुले सहयोग गरेको बताउनुभयो ।

यसअघी बाणीज्य संघले तुलसीपुर उपमाहानगर पालीकाका प्रमुख घनस्यम पाण्डे सहीत भाडाछुट गर्ने घरधनीहरुलाइ घरमैपुगी सम्मान गरेको थीयो । कार्यकमको संचालन महासचीव रुपबहादुर खत्रीले गर्नभएको थियो ।