प्रधानमन्त्री ओलीले लगाए भाइटीका

प्रकाशित मिति:

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन्। उनले सरकारी निवास बालुवाटारमै जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइरालाबाट ११ बजेर ५५ मिनेटको शुभ साइतमै  भाइटीका लाएका हुन्।प्रधानमन्त्री ओलीकी जेठी बहिनी विष्णुमाया चितवन र माहिली बहिनी कमलादेवी झापाबाट प्रधानमन्त्री ओलीलाई टीका लगाउन काठमाडौं आएका हुन्।ओलीका साथै उनकी पत्नी राधिका शाक्यले पनि भाइटीका लगाएकी छन्।