नेविसंघका महामन्त्री भट्टराईको सरकारलाई व्यङ्य कोरोना र भ्रष्टचारले गाँजेपछि सरकार सुरक्षित छ

१५ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले कोरोनाको संक्रमण फैलिएर आम नागरिकमा पुगेसंगै भष्टचार फैलिएर नेकपाका कार्यकर्तासम्म पुगेको बताएका छन् । महामन्त्री भट्टराईले समाजिक संजालमा टिप्पणी गर्दै भनेका छन्, “नेपालमा दुईटा संक्रमण फैलदो छ, कोरोना र भ्रष्टाचार। कोरोना फैलिएर व्याक्ति व्याक्तिमा पुग्यो भने भष्टाचार फैलिएर अरिगांल अरिगांलमा। तर विडम्बना मुलुक जति सुकै उच्च जोखिममा भए पनि सरकार दुई तिहाईले सुरक्षित छ।”

कोरोना महामारीको संकट टार्नका लागि विश्वभरको नेताहरु र नेतृत्वे अथक प्रयास गरिरहेको तर नेपाल बाहेक अन्यत्र कुनै मुुको नेतृत्व आलोचित नभएको पनि उल्लेख गरेका छन् । उनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको तस्वीर राखेर उनीहरुको कोरोना परिक्षण नेगेटिभ आएकोमा खुशी समेत व्यक्त गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया