सिटीइभिटीले चिकित्सा शिक्षा सम्बन्धी कोर्षहरु बन्द गराएकोमा नेविसंघद्वारा विरोध

प्रकाशित मिति:

काठमाडौं । प्राविधिक शिक्षा तथा ब्यववसायिक तालिम परिषद९सिटीइभिटी०बाट संचालित चिकित्सा शिक्षा सम्बन्धी केही कोर्षहरु खारेज गरिएकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । सिटिइभीटीले सिएमए, एनएम, ल्याब असिस्टेन र आयुर्वेदलगायत टिएसएलसी तथा एसइइ स्तरका १८ महिने कोर्षहरु कुनै विकल्पविनै खारेज गर्ने निर्णय गरेकोप्रति नेविसंघले विज्ञप्तिमार्फत विरोध जनाएको हो । नेविसंघका अध्यक्ष राजिब ढुंगानाद्वारा जारी विज्ञप्तिमा २५ बर्षदेखि अविछिन्न रुपमा संचालित कोर्षहरु कुनै विकल्पविना नै खारेज गर्ने निर्णय गर्नु निन्दनीय भएको जनाइएको छ ।

कोभिड–१९ विरुद्धको लडाइमा विद्यार्थीलाई प्रोत्साहित गर्नुको साटो कुनै खाका र योजना विनानै खारेज गरेर विद्यार्थीलाई निराश बनाएको संघको भनाइ छ ।पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेट गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सीपमूलक तालिमहरु बन्द गराउने तर लेभल वान, लेभल टु जस्ता तालिममार्फत शुल्क असुल्ने कार्य खराब नियत भएको संघको दाबी छ ।त्यस्तै विगत १४ महिना अघि दिएको परीक्षाको नतिजा सार्वजनिक नगरेको, बैकल्पिक माध्यमबाट कक्षा संचालन नगरेकोमा नेविसंघले आपत्ति प्रकट गरेको छ ।

संघका महामन्त्री दिपक भट्टराईले खुलेका संस्थाहरूलाई पूर्वाधार सम्पन्न बनाउनु अपग्रेड गर्ने सोच राख्नु त परै जाओस् शैक्षिक माफ़ियाहरूको चंगुलमा परी सीपमुलक तालिमहरू बन्द गर्नु गैरज़िम्मेवारीको पराकाष्टा हो, भनेका छन् । उनले भने,‘यो संकटको समयमा स्वास्थ्यसँगै शिक्षाको क्षेत्रमा सरकार मूर्ति बन्दिदा शिक्षा, परीक्षा र शैक्षिक सत्रको अन्योलताले लाखौ विधार्थीहरूको भविष्य अन्धकार भएको छ, यसतर्फ तत्काल कदम चाल्न नेविसंघ माग गर्दछ ।’