समाज लघुवित्तको पनि आज आईपीओ बाँडफाँड

प्रकाशित मिति:

समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड पनि आजै भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार आईपीओ बाँडफाँड गरेको हो ।

लघुवित्तको आईपीओमा ५ लाख ४७ हजार ३७० जना आवेदकबाट १ करोड १४ लाख ६४ हजार ९२० कित्ता योग्य आवेदन परेकोमा आठ हजार ७० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । ५ लाख ३९ हजार ३०० जना आवेदकको भने हात खाली भएको छ ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसअघि, आजै एनआईबीएल एस क्यापिटलले पनि लिबर्टी इनर्जीको सेयर बाँडफाँड गरेको थियो ।