पश्चिम नवलपरासीमा निषेधाज्ञा हट्यो, अत्याबस्यक सेवाहरु केही सहज

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी, १५ भदौ ः पश्चिम नवलपरासीमा जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले साउन ३१ देखि जारी गरेको निषेधाज्ञा आज हटाएको छ । निशेधाज्ञा हटाइए संगै अत्याबस्यक सेवाहरु केही सहज हुनेछ भने तर केही कृयाकलापमा भने बन्देज लगाएको छ । स्थानीय तहका प्रमुखहरुसँग सोमबार गरिएको भर्चुअल बैठकको रायअनुसार जिल्लाको अवस्थालाई केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । जिल्लाको अवस्थालाई खुकुलो बनाइएपनि सार्वजनिक यातायात, शैक्षिक संस्था भेला, गोष्ठी सेमिनारलगायत सर्वसाधारणको भिडभाड हुने स्थानलाई निषेध गरिएको छ । निजी सवारी साधान अत्यावश्यक कामबाहेक चल्न पाउने छैनन् । यो निषेध भदौ १६ देखि २० गते राति १२ बजेसम्म लागू हुने छ ।
जनसम्पर्क बढी हुने सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम जनशक्ति परिचालन गरी अत्यावश्यक काम गर्न पाउने छन् ।
सर्वसाधारणको भिड हुने नापी, मालपोत कार्यालयहरुको काम भने तत्काल सुरु नहुने प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिए । जिल्लाका होटल तथा अन्य पसल,व्यवसाय सञ्चालनका लागि भने सम्बन्धित पालिकाहरुको निर्णयअनुसार हुने छ ।
यसैबीच जिल्लाको अवस्थालाई सामान्य बनाइए पनि सुनवल नगरपालिका क्षेत्रका कुनै पनि पसल व्यवसाय नखुल्ने नगर प्रमुख भीम बहादुर थापाले जानकारी दिए । अन्य पालिकाहरुले भने बैठक बसेर निर्णय गर्ने जनाएका छन् ।