प्रजातन्त्र सेनानी कृष्ण बहादुर दर्लामी (केयर सिंह ) को निधन

प्रकाशित मिति:

आलमदेवि । नेपाली कांग्रेसका पुराना नेता प्रजातन्त्र सेनानी कृष्ण वहादुर दलार्मी (केयर सिंह) को ९२ वर्षको उमेरमा मृत्यु भएको छ । वि सं १९८५ मा जन्मनुभएका उहांको सोमवार आफ्नै निवास कालिगण्डकी १ छापडाडामा मृत्यु भएको हो । नेपाली कांग्रेसले सुरु गरेको राणा विरोधी आन्दोलनमा २००४ साल देखि ००७ सालसम्म सकृय सहभागिता जनाएका उहां कांगे्सले संचालन गरेको शसत्र क्रान्तीमा मुक्ति सेनाको रुपमा नौडांडा पश्चिम को कमाण्डर समेत हुनुभएको थियो ।

उहांले लामो समय सुवर्ण शमसेरसंग संगै रहेर पनि काम गर्नु भएको थियो । उहांलाई नेपाली काग्रेस जिल्ला कार्यसमीतीले सम्मान समेत गरेको थियो । लामो समय नेपाली कांग्रेसमा योगदान दिनु भएका उहां कुनैपनी लाभको पदमा रहनु भएन । उहांको पार्थिव शरीरमा नेपाली कांग्रेसका वडा सभापती शमसेर सिंह रानाले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तीम श्रद्धान्जली दिनु भएको थियो ।