जिल्ला प्रशासनले बन्दाबन्दी हटायो, सुनवल नगरपालिकाले थप्यो

प्रकाशित मिति:

प्रकाश न्यौपाने

नवलपरासी, भदौ १५ । पश्चिम नवलपरासीमा जिल्लाले भदौ १५ गते राति १२ बजे देखी बन्दाबन्दी हटाएको छ । जिल्लामा समुदायमा कोरोना देखीए पछि साउन ३२ गते देखी निशेधाज्ञा जारी गर्दै वैँक, वित्तीय, सहकारी, सरकारी, गैरसरकारी, होटल रेष्टुरेण्ट बन्द गर्ने गरी सुचना जारी गरेको थियो । तर अहिले भदौ १५ गते राति १२ बजे देखी जिल्ला प्रशासन कार्यलयले निशेधाज्ञालाई हटाइ अत्यावश्यक कार्यमा केही सहज बनाउने गरी निर्देशन जारी ग¥यो । तर जिल्ला भित्रको सुनवल नगरपालिकाले भने थप ५ दिनसम्म भदौ २० गते राति १२ बजे सम्मका लागी बन्दाबन्दि गर्ने निणर्य गरेको छ ।

यसैबीच जिल्लाको अवस्थालाई सामान्य बनाइए पनि सुनवल नगरपालिका क्षेत्रका कुनै पनि पसल व्यवसाय नखुल्ने नगर प्रमुख भीम बहादुर थापाले जानकारी दिनु भयो । थापाका अनुसार कोरोना भइरसको रोकथाम र नियन्त्रण गर्नका लागी बन्दाबन्दी पुनः थप गरीएको हो । नगर भित्र समुदाय स्तरमा बढि जोखीम देखीएकोले ५ दिनका लागी थप गरीएको हो । नगरको पछिल्लो रिपोर्टमा कारोना पोजेटिभ आएका केही व्यक्तिहरुको शुक्ष्म रुपले कन्ट्याक्ट ट्रसी· गर्न लागीएको उहाले बताउनु भयो ।


प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सूचनामा उल्लेख वाहेक गतिविधि गर्न सकिने तर त्यसो गर्दा अधिकत्तम स्वास्थ्य मापदण्ड र सुरक्षा सतर्कता पहिलो प्राथमिकतामा राखेर गर्न आह्वान गर्नुभयो । उहाका अनुसार अहीलेको यो विषम परिस्थितिमा सम्पुर्ण जिल्लाबासीहरु अत्यान्तै साबधानि भएर अघि बढन सके मात्रै समुदायमा कोरोना फैलिनबाट रोक्न सकिन्छ । जनसम्पर्क बढी हुने सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम जनशक्ति परिचालन गरी अत्यावश्यक काम गर्न पाउने छन् । सर्वसाधारणको भिड हुने नापी, मालपोत कार्यालयहरुको काम भने तत्काल सुरु नहुने प्रमुख जिल्ला अधिकारी पाठकले जानकारी दिनुभयो ।