काँग्रेस क्षेत्रीय सभापति खाँणद्धारा एम्बुलेन्स दुर्घटना प्रति दुख व्यक्त

प्रकाशित मिति:

गोपीकृष्ण रेग्मी,स्याङ्जा – नेपाली काँग्रेस स्याङ्जा क्षेत्रीय सभापति देवबहादुर खाँण ईश्वर ले वालिङमा भएको एम्बुलेन्स दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ । क्षेत्र नं २ क का सभापति खाँणद्धारा जारी प्रेश विज्ञप्तिमा एम्बुलेन्स दुर्घटनामा परी निधन हुनु भएका चापाकोट नगरपालिका वडा नं १० का २५ वर्षीय श्याम पंगेनी र वडा नं ९ निवासी ३५ वर्षीय भानभुक्त गैह्रे कृष्ण को अल्पायुमै भएको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै उहाँहरुपति श्रद्धान्जली एवं शोकाकुल परिवारजानमा समवेदना प्रकट गर्नुभएको हो ।

साथै दुर्घटनामा परी घाईते हुनुभएका चापाकोट नगरपालिका वडा नं ९ का एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र पवित्रा पोखरेल गैह्रेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।आइतबार बिहान ४ बजे काठमाडौंबाट चापाकोट फर्किने क्रममा एम्बुलेन्स वालिङ नगरपालिका वडा नं ५ माझकोटमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाईतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ।घाईतेमध्ये सुरेन्द्र भण्डारी उपचार गरी घर फर्किसकेका छन् भने पवित्राको उपचार भईरहेको छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ ।