जनप्रतिनिधिहरुको टोलि संक्रमितको घर घरमा

१६ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रन्जीत शर्मा /नवलपरासी ,१५भाद्र-पश्चिम् नवलपरासीमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुको घर घरमा पुगि अवस्था बुझ्ने घरदैलो अभियान सुरु भएको छ । पश्चिम् नवलपरासीको सरावल गाउपालिकाका अध्यक्ष सहितको टोलिले कोरोना संक्रमीतको आर्बेदिक औषधि बोकि घरदैलो अभियान सुरु गरेका छन ।

होम आइसोलेसनमा रहेका संक्रमित र तिनका परिवारलाई भेट्न सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल, आयुर्वेद शाखा प्रमुख सन्तोष कुमार कहार लगाएतकाे टाेली होम आइसोलेसनमा पुगेका हुन ।
टाेलि स्वास्थ्य सावधानीका उपायको जानकारी र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर गएका हुन । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताउनु भएको हाे।

गाउपालिका अध्यक्ष सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको तथा तिनिहरुकाे अवस्था सामान्य रहेकाे पाइकाे छ । तर होम आईसोलेसनमा बस्दा थोरै मात्रै लापरवाहीले पनि परिवार र समाजमा संक्रमण फैलने जोखिम भने रहने गर्दछ ।संक्रमितहरुलाई रोग प्रतिरोधत्मक क्षमता वृद्धि गर्ने च्यवनप्राश र अश्वगंधा चूर्ण तथा स्वास्थ सुरक्षा सामाग्रि हस्तान्तरण गरिएकाे हाे ।यस अघि पश्चिम् नवलपरासी को प्रतापपुर गाउपालिका ले पनि यो अभियान सुरु गरेको छ । हालसम्म सरावल गाउँपालिका अन्तर्गत ९ जनाकाे काेराेना पाेजेटिभि देखिएकाे हाे जसमध्ये १ जना निकाे भएर घर फर्कि सकेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु