कांग्रेसद्धारा राजा माविमा सर्वपक्षिय छानविन समिति बनाउन माग

१६ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


भदौ १६ गते
नवलपरासी । नेपाली काँग्रेस वडा कार्य समिति बर्दघाट नगरपालिका वडा नं. ९ले राजा महात्मा पूर्णभद्र मा.बि. माविद्यालयसंग सम्बन्धित रहेर विभिन्न सामाजिक संञ्जालमा आइरहेका अनियमितताका विषयमा तत्काल छनविन गर्न बर्दघाट नगरपालिकालाई ध्यानाकार्षण गराएको छ । नेपाली कांग्रेस वडानम्बर ९ का वडा सभापति पुर्णमान श्रेष्ठको नेतृत्वमा बर्दघाट नगरपालिकामा पुगेको टोलिले तत्काल सर्वपक्षिय छानविन समिति बनाउन माग गरेको छ ।


बिद्यालयमा चरम आर्थिक हिनामिना भएको भन्ने कुरा बिद्यालय ब्यवस्थापन समितिका सदस्य तथा निर्माण समितिका संयोजक र शिक्षक अभिभावक संघका ब्यक्तिहरुबाट सामाजिक सञ्जालमा ब्यापक रुपले आएको छ । सोहि विषय वस्तुलाई लिएर स्थानीय शिक्षा प्रेमी, अभिभावक, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र लेखासंग दखल राख्ने बिज्ञ ब्यक्तिहरु सम्मिलित सर्वपक्षीय छानबिन समिति गठन गर्नुूपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।
विद्यालयको छानविनका लागी अभिभावकहरुले छानविन होस भनि जेष्ट ३२ गते छानविनको लागी माग गरे पनि हाल सम्म छानविन गर्न आलटाल गर्नुले वास्तविकतालाई ढाकछोप गर्न, नक्कलि कागजात बनाउन समय उपलब्ध गराउन र दोषिलाई उन्मुक्ति दिने प्रयत्नभएको हो कि भन्ने आशंका बढेको कांग्रेसको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु