अभिभावक विहिन धुर्कोटका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

प्रकाशित मिति:

राम भण्डारी / गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले अभिभावक विहिन बालबालिकाहरुका लागि शैक्षिक सामग्री प्रदान गरेको छ । मंगलबार गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । त्यस्तै ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने गाउँपालिकाको लक्ष्य रहेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बुबा आमाबाट संरक्षण नपाएपछि अध्ययनमा समस्या झेल्दै आएका विद्यार्थीलाई राहत स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको बताउनुभयो । साथै गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले लकडाउनको समयमा विद्यालय जान नपाएका एबम घरमा समेत पढ्न असहज हुने अभिभावक बिहिन बालबालिकाहरुलाई पढाईमा सहजता प्रदान गर्नका लागि शैक्षिक सामग्री बितरण गरिएको बताउनुभयो ।

पहिलो चरणमा विद्यार्थीहरुलाई स्विटर, दुई थान पोसाक र झोला हस्तान्तरण गरिएको थियो । शैक्षिक सामग्री पाएपछी बालबालिकाहरु खुशीले गदगद भएका थिए ।

गाउँपालिकाको केन्द्र बर्बोटमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल , उपाध्यक्ष शिव बहादुर खत्री , प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थी , सिक्षा अधिकृत मधु घिमिरे लगायतको सहभागिता रहेको थियो ।