प्रदेश सभा सदस्य द्धारा ज्ञापन पत्रस एक घर एक पिसिआर परिक्षण, पिसिआर मेसिन र भन्टिलेटर सहितको उपचार सेवा लगायतको माग

प्रकाशित मिति:

रन्जीत शर्मा नवलपरासी भाद्र १६। पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र न २ख बाट निर्वाचित प्रदेश सभा सदस्य बैजनाथ कलवारले एक घर एक पिसिआर परिक्षणको व्यवस्था मिलाउन सरकार संग माग गर्नुभएको छ । जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा पुगि सकेको र जिल्ला नै कोरोनाको हटस्पट हुने अवस्थामा रहेकाले पिसिआर परिक्षणको दायरा बढाउदै अनिवार्य रुपमा एक घर एक पिसिआर परिक्षणको व्यवस्था मिलाउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकमार्फत प्रधानमन्त्रि, प्रदेश नं ५ का मुख्यमन्त्रि र सामाजिक बिकास मन्त्रिलाई ज्ञापन पत्र बुझाउनुभएको छ । ज्ञापन पत्रमा कोरोना परिक्षणका लागि गरिने पिसिआर रिपार्ट आउन धेरै दिन लाग्ने र त्यसका लागि अन्यन्त्र जिल्ला पठाउनुपर्ने भएकाले जिल्ला सदरमुकाम स्थित पृथ्वि चन्द्र जिल्ला अस्पताल मा प्राबिधिक जनशक्ति सहितको पिसिआर मेसिन जडान गर्न र सोहि अस्पतालमा भन्टिलेटर सहितको उपचार सेवा सुरु गर्न पनि माग गरिएको छ ।

यसैगरि तत्काल २५ बेडको जिल्ला स्तरीय कोभिड अस्पताल तयार गर्न पनि प्रदेश सांसद कलवारले माग गर्नुभएको छ । संक्रमितहरुलाई आईसियु सहितको एम्बुलेन्सहरु पाउन कठिनाई भएको हुदा संक्रमितलाई ओसारपसार गर्न आइसियु सहितको ४ वटा एम्बुलेन्स संचालन गर्न, पालिकाहरुमा रहेका आईसोलेसनहरु सुबिधायुक्त बनाउन पनि माग गरिएको छ । प्रदेश सांसद कलवारले बन्दाबन्दिका कारण जनजिवन प्रभावित हुदै गएको र यसले दैनिक जिवनयापन गर्ने सर्वसाधरणहरु रोगभन्दा पनि भोकले व्याकुल हुन थालेकाले तत्काल राहतको व्यवस्था गर्न माग पनि सरकार संग माग गर्नुभएको छ । उहाले विगतदेखि नै सरकारको फितलो तयारीका कारण अहिले कोरोना समुदाय स्तरमा पुगिसकेको छ । यसले परिस्थितिलाई झन जटिल अवस्थामा पु¥याएको छ ।

सुरुका दिनमा बाहिरबाट आएका सर्वसाधारणलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिदैं आएपनि अहिले संक्रमितहरुलाई होम आइसोलेसनमै बस्न सक्ने व्यवस्था गरेका कारण संक्रमणको अवस्था समुदाय स्तरमा फैलदो छ । संक्रमितहरु बस्ने होम आइसोलेसन मापदण्डअनुसार छ ,छैन रु भन्ने विषयमा अनुगमन नगरी घरमै बस्ने व्यवस्था गरिनुले संक्रमणको अवस्था भयावह अवस्थामा जाँदै छ । पछिल्लो पटक कन्ट्रयाक्ट ट्रेसिङको काम पनि नहुनाले तथा स्थानिय,प्रदेश र केन्द्रिय सरकार बिचको समन्वय अभावका कारण कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । हाल सम्म पश्चिम् नवलपरासीमा कोरोना संक्रमीतको संख्या २३५ मध्य १२४ जना निको र १ जना को मुत्य भइसकेको छ ।