गुल्मीको चन्द्रकोट गाउँपालिकामा अनिश्चितकालिन सिल

प्रकाशित मिति:

मनोज कार्की –भाद्र गुल्मी  , गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदायस्तरमा कोरोना फैलिन थालेपछि गाउँपालिकामा अनिश्चितकालिन शिल लगाईएको छ । गाउँपालिकाका बिभिन्न स्थानरुमा गरिएको स्वाब संकलनबाट सोमबार ७ जनामा कोरोना पुष्टि भएपछि अनिश्चितकालिन सिल लगाईएको चन्द्रकोट गाउँपालिकाले जनाएको छ ।

बिभिन्न स्थानमा गरिएको स्वाब संकलनमा जनप्रतिनिधी ,बैङकका कर्मचारी,साथै ब्यबसायीहरुमा कोरोना पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब संकलनमा चन्द्रकोट गाँउपालिकाको वडा न ४ शान्तिपुरका बर्ष ६१का पुरुष,बर्ष २७ कि महिला रहेका छन् त्यस्तै वडा न ६ हरेवाका बर्ष ३५ का पुरुष , वडा न ७ रुपाकोटमा बर्ष ५१का पुरुष वडा न ८ तुराङका बर्ष ६१का पुरुष,बर्ष २७ र बर्ष २२ कि महिलालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानाकारी दिए ।

संक्रमीत कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन अहिले उनिहरुको अबस्था सामान्य रहेको भन्दै संक्रमीतलाई होम आईसोलेसनमा गाउँपालिकाले जनाएको छ ।मङगबार देखि अर्को निर्णय नहुनजेल सम्मको लागि गाउँपालिका सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले जानाकारि दिए ।४ सय कोरोना संक्रमित रहेको जिल्लामा ३ सय ६७ जना पनिको भएका छन् ।