बिपी कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीको अध्यक्षमा पोख्रेल

प्रकाशित मिति:

बुटबल – जननायक विपी कोइरालाको समाजवादप्रति आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारीको रुपमा गठन भएको बिपि कोइराला युवा नेतृत्व विकास मञ्च रुपन्देहीको अध्यक्षमा छायाँ पोख्रेललाई जिम्मेवारी दिईएको हो ।

वीपीका विचार र लोकतान्त्रिकका समाजवादहरुका विषयहरुलाई छलफल गर्दै युवाहरुलाई जागरुक बनाउँदै आएको र अबका दिनमा अझ युवा माझ विपीका विचारलाई आत्मसाथ गरी अघि बढाउनका लागि मञ्चले पोख्रेललाई रुपन्देहीको अध्यक्षमा मनोनित गरेको पत्रमा केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालले जिम्मेवारी दिनुभएको हो । अध्यक्षमा मनोनित भएपछि पोख्रेलले आगामी दिनहरुमा यस संस्थालाई अगाडि बढाउन आफुले सबै प्रयास गर्ने बताउनुभयो ।