बिपन्नलाई खाना खुवाउने अभियान लहानमा सुरु

१७ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


महेश सिंह सिरहा लहान १७ भदौ – सिरहाको लहानमा लकडाउन प्रभावित र रोजगारी गुमाउनु भएका अति बिपनन परिवारलाई खाना खुवाउने ब्यबस्था गरेको छ। लहान नगर पालिका वडा नम्बर ७ का वडा कार्यालय र परोपकार युवा कलब लहानले संयुक्त रूपमा बुधबार देखि खाना खुवाउने कार्यक्रम संचालन गरेका छन्।

परोपकार युवा कलब लहान मनकारी युवाहरुको एक समुह हुन। पछिल्लो समय उक्त कलबले लहान नगर पानीका वडा नम्बर १,२,३,४ र सिरहाको नबराजपुर गाउँ पालिकामा मा अति बिपन परिवारलाई चामल ,दाल ,आलु ,खाने तेल , नुन ,सोवाईमिन , हात धुने साबुन,सर्फ लगायतका सम्मान राहत स्वरुप वितरण गरेका कलबका अध्यक्ष बिनोद कुमार यादवले जानकारी दिनु भयो । कलब आबद्ध युवाहरू भुसन जैसवाल,एकलास अहमद ,सुपरीया मंण्ड,जितेन्द्र साह रौनियार ,अपताब आलम , स्नेहा सोनि,चिरञ्जीवी साह, युवा नेता तथा समाज सेबि मुकेश महतो लगायत युवाहरुले तयारी गरीएको खाना बाडने गरेको छ । उक्त कार्यक्रमको उद्घाटन गर्न लहन नगर पालिकाका मेयर मुनि साह र वडा अध्यक्ष राकेश रोशन गुप्ताले रिवन काटेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

सो कार्यक्रम भदौ १७ गते बाट सुरु गरेको छ भने भदौ २७ गते सम्म संचालनमा रहने वडा अध्यक्ष राकेश रोशन गुप्ताले बताए । रोजगारी मुमाएका युवा वृद्ध र बिपन परिवार जलाई एक छाक टार्न समस्या परेकाहरु सहज रुपले समयमा खाना आउन्न्न र सबैले बाचुन भने मेरो धारणा गरेको छ। हामीले संयुक्त रुपमा लकडाउन अबधि सम्म बिहान दैनिक १० बजे देखि दिउँसो १२ बजे सम्म र बुलुका ६ बजे देखी ७स्३० बजे सम्म खाना खान आउन आग्रह समेत गरेका ,खाना पुर्ण रुपमा साकाहारि भोजनको ब्यबस्था गरेका छन् । कार्यक्रम स्थलमा समाजिक दुरी कायम गरी कार्यक्रम संचालन गरेको अध्यक्ष गुप्ताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन