राहत कोषमा अढाई करोड तर जुरे पहिरो पीडितले ६ वर्षसम्म राहत पाएनन्

प्रकाशित मिति:

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकस्थित जुरे पहिरो पीडितले ६ वर्षसम्म राहत पाएका छैनन् । उनीहरुको राहतका लागि खडा गरिएको कोषमा करोडौं रकम भए पनि प्रयोगविहीन छ ।

२०७१ साल साउन १७ गते जुरे गाउँ माथिबाट पहाड खस्दा सिंगो बस्ती पुरिएको थियो । १४५ जनाको मृत्यु भयो भने १५३ घर–परिवार विस्थापित भए । पहिरोले घर गुमाएपछि पीडितहरु २०७१ सालदेखि ओरियन्ट म्याग्नेसाइडमा बस्दै आएका छन् । उनीहरुलाई राहत दिने भनेर सरकारले कोष खडा गर्‍यो

जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको नाममा खोलिएको खातामा दुई करोड ४१ लाख रुपैयाँ जम्मा भएको छ । यो पैसा सरकारी तथा गैरसरकारी निकायबाट सहयोग स्वरुप जम्मा भएको हो । तर, उक्त रकम अझै पीडितले पाउन सकेका छैनन् ।@onlinekhabar