सरकारले प्युठानमा महुरीको विमा शुरु गरेपछि किसानहरु उत्साहित

प्रकाशित मिति:

सरकारले प्युठानमा महुरीको विमा शुरु गरेपछि किसानहरु उत्साहित भएका छन् ।। पोख्रेल मौरीपालन तथा मह उत्पादन केन्द्रमा डिमराज पोख्रेलले पाल्दै आउनु भएका ५० घार मौरीको विमागर्दै देशमै पहिलो पटक मौरीको विमाकार्य सुरु भएको छ । आज एक कार्यक्रमको आयोजना गरि प्यूठान नगरपालीका ७ टिकुरीमा डिमराज पोख्रेलले पाल्नु भएका ५० घार मौरीको विमा कार्य सुरु गरिएको छ ।
नेपाल सरकारले आई एम ई जनरल ईन्सोरेन्सको सहकार्यमा विमाकार्य सुरु गरेको हो । विभिन्न समयमा हुने दुर्घटना र रोगब्याधि लगाएतका कारणवाट मौरी पालक कृषकहरु पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागी विमा कार्यक्रम सञ्चालनमा आएको नेपाल मौरीपालन केन्द्रिय सहकारी सघंका अध्यक्ष अर्जुन पोखे्रलले जानकारि दिनुभयो । सरकारले ७५ प्रतिशत र कृषकले २५ प्रतिशत वेहोर्ने गरि विमाकार्य सुरु भएको पोख्रेलले वताउनु भयो ।
आगोलागी,भुकम्प, वाढी पहिरो,आधि, वर्षा, असिना, सडक दुर्घटना, विषादीको प्रयोगले मौरीमा पर्ने नोक्सानले ब्यवसायी धरासायी हुन नपरोस भन्दै प्रति ब्यवसायी ५ लाख रुपैया वरावरको विमा गरिने उहाले वताउनु भयो ।
एकजना ब्यवसायीले प्रतिघार वास्तविक खरिद मुल्य, ब्यवस्थापन खर्च र प्रतिगोला मुल्यको औषतको आधारमा विमा गरिने छ । विमा गर्ने ब्यवसायीको एक घारमा ५ वटा फ्रेम अनिवार्य हुनुपर्ने ब्यवस्था छ ।
शिक्षक पेशावाट अवकास लिएर वसेका डिमराज पोख्रेल पछिल्लो समय मौरी पालन ब्यवसायमा रमिरहेका छन् ।