गल्याङ ११ मा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

१८ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टीङ खानेपानी आयोजनाको सुरुवात भएको छ ।  खानेपानी आयोजना गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उद्घाटन गर्नुभयो ।  सो अवसरमा नगरप्रमुख अधिकारीले खानेपानीको आयोजना सम्पन्न गर्न सफल भएकोमा बधाई ज्ञापन गर्दै न्यूनतम आवश्यकता परिपूर्ति गर्न नगरपालिका प्रतिबद्व रहेको बताउनुभयो । आधारभूत आवश्यकता पुरा नहुँदासम्म विकासका कुरा गरेर मात्रै नहुने भन्दै उहाँले सबै क्षेत्रमा खानेपानी पु¥याउनका लागि आफु प्रतिबद्व रहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले कृषि तथा पशुपालनमा सेवा विस्तारका लागि पनि खानेपानीको आवश्यकता रहने भन्दै अब उत्पादनमा जोडिनका लागि सहज हुने विश्वास व्यक्त गर्नुभयो । गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले समयमा नै योजना सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । न्यायिक समितिका सदस्य तथा वडा नम्बर ११ का सदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) ले सबैको सहयोगले आयोजना सम्पन्न हुन सम्भव भएको बताउनुभयो ।

आयोजना उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भण्डारीले खानेपानीको व्यवस्थापनका लागि अझै पनि बजेट अपुग भएको बताउनुभयो ।खानेपानी आयोजनाबाट गल्याङ नगरपालिकाका वडा नम्बर ११ अन्तर्गत साविकको वडा नम्बर ६ र ९ का झण्डै एक सय घर परिवार लाभान्दित बनेको कार्यक्रम सञ्चालक लिलाबल्लब अर्यालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए…
  • बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा
  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…