जनताकाे घर भत्के पनि मन भत्त्किन दिन्न , चापाकाेट नगर प्रमुख गिरि

प्रकाशित मिति:

सबिन डोटेल – स्याङ्जाको चापाकोट नगरपालिकाका विभिन्न स्थानमा अविरल बर्षात भएको समयमा धेरै ठाउँमा धन जनको ठुलो क्षति भएको छ।केही समय अगाडि अविरल बर्षातका कारण घर भत्किनुका साथै विभिन्न ठाउँमा खेतीयोग्य जमिनमा पहिरो जादा स्थानीय बासी चिन्तित बनेका हुन।बस्ने घर समेत भत्केर बिचल्लीमा परेका आम नागरिकको दुराबस्था देख्दा चिन्तित बनेका चापाकोट नगरपालिका नगरप्रमुख शिव कुमार गिरि भने प्रत्यक्ष रुपमा क्षति अबलोकन गर्न भन्दै पीडितको घर घरमा पुग्ने गरेका छन।

भत्केको घर र पहिरोले लगेको खेतीयोग्य जमिन पीडितको खुशी लुटिदिएको बर्षात आम नागरिक कष्टकर जीवनयापन गरिरहेका चापाकोटेली बासी भने स्थानीय सरकारको प्रमुख गिरि नै घर(घर पुगेर सक्दो सहयोग नगरपालिकाको तर्फबाट गर्ने प्रतिबद्धता गरे सङ्गै बर्षातले लुटिदिएको खुशी फर्किनेमा आशाबादी बनेका हुन। नगर प्रमुख गिरि सोमबार क्षति अबलोकन गर्ने क्रममा चापाकोट नगरपालिकाको वडा नम्बर ५ को काम्ती स्थित फेरेमा पुगि भत्किएको घर को अबलोकन गरेका हुन।

घर भत्के पनि नगरप्रमुख हैसियतले जनताको मन भत्किन नदिने भन्दै घर निर्माण गर्न आबस्यक सक्दो सहयोग नगरपालिकाको तर्फबाट गर्छु भन्दै प्रतिबद्धता जायर गरेपछी पीडित स्थानीयमा नयाँ घर बन्ने आशाको अन्कुरण पलाएको छ।जनताको घर भत्किदा आफु चैनको निद्रामा निदाउन नसकेकोले तत्काल घर भत्केका नागरिकलाई नयाँ घर र खेतीयोग्य जमिन बगाएका नागरिकलाई उचित राहत प्रदान गर्ने कुरामा आफु गम्भीर भएर लागेको नगर प्रमुख गिरिले सबल पोष्ट संग व्यक्त गरेका छन।