सांसद मल्ल सहित प्राविधीक टोली द्धारा लसर्घा र खहरे पहीरोको अवलोकन

प्रकाशित मिति:

रेश्मीराज न्यौपाने स्याङ्जा , आलमदेवि । गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्ल र प्रमुख जिल्ला अधिकारी सहीतको प्राविधिक टोलीले लसर्घा र खहरे पहीरो सहीत त्यस क्षेत्रमा भएका विकास निमार्णका कामहरुको अवलोकन गरेका छन । अवलोकन टोलीमा सांसद मल्ल सहीत प्रमुख जिल्ला अधिकारी गगां वहादुर क्षेत्री , पुर्व सांसद शंकर प्रसाद पाण्डेय ,नेकपा अध्यक्ष पारस गैरे , जिल्ला प्रहरी प्रमुख , पुनरनिर्माण प्रमुख प्रविन ढकाल , खानेपानीका डिई प्रेसचन्द्र डोटेल ,प्राविधिक टिम,गांउपालीका अध्यक्ष खिमवहादुर थापा ,उपाध्यक्ष सावित्रा कोईराला ,महिला नेत्री महासमीती सदस्य माया राना, नेपाली कांग्रेसका नेता शेरवहादुर थापा , वडाका अध्यक्ष हरु नरवहादुर राना , चक्र पाण्डेय , तरुण दल कालीगण्डकीका सभापती सुन्दर पाण्डेय वडा सदस्यहरु होमनाथ पाण्डेय किसान , सरस्वती पाण्डेय ,तुलसा नेपाली ,लगायत रहनु भएको थियो ।

टोलीले खहरे लाकुर्थोक पहिरो र लसर्घाको पहिरोको अबलोकन गरी प्राविधिकहरुले फीजीवीलिटि सर्वे गरेका छन् डिटेल स्टीमेट गरेर रोकथाम गर्ने निर्णण गरेको छ । वाटो निर्माण हुदा क्षती पुर्याएको कलवड र नालीलाई स्थाई व्यवस्थीत गर्ने , विस्थापीत भएकालाई पुनरवासको व्यवस्था गरीने सांसद मल्लले जानकारी दीनु भएको छ ।

टोलीले निमार्णधिन कालीगण्डकी गाउपालीकाको भवन , खानेपनी मुहान , प्रहरी भवन लगायतका विकास निमार्णका काम हरुको अवलोकन गरेको थियो । लसर्घामा सन्चालन भएको मुख्य मन्त्री कृषी गाउ अन्तर्गत वाख्रा पालनको पनी अवलोकन गरेको सांसद मल्लले जानकारी दीनु भएको छ ।