सिमा नाकामा कडा गर्दा लागु औषध सहित तस्कर पक्राउ

प्रकाशित मिति:

महेश सिंह सिरहा लहान १९ भदौ – सिरहाको भगवानपुर गाउँ पालिका वडा नम्बर ३ आभेनगरको अस्थायी सशस्त्र पहरीको बोडर चेक पोस्टले गोपिय सूचनाको अधारमा ठुलो परिमाणको लागु औषध बरामत गरेको छ । भारत बाट लुकि छिपि ल्याउदै गरेको अबैध समान सहित तिन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।

पछीलो समय आभेनगर पहरीले कपडा लगायतका लागु औषध सहित बरामत गरेका थिए । उक्त चेक पोस्टले सिमा नाकामा चेक जांचमा कडाई गर्दा निरन्तर अबैध समानहरु पक्राउ गर्न थालेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगर पालिका वडा नम्बर ५ का २२ वर्षिय कुमार कान्छा महतो र सोही ठाँउ बस्ने २१ वर्षिय मोहम्मद जिवल सेख र भगवानपुर गाउँ पालिका वडा नम्बर ५ बस्ने ५० वर्षिय सोहित मण्डल लाई लागु औषध सहित सशस्त्र प्रहरीका सैई दसैं मण्डको टोलिले पक्राउ गरेका छन् ।

पक्राउ गरेका संमानहरुमा नाईटोजन टयाबलेट ३० पता  ४५० पिस, प्रोभेटाजेल २० भाईल ,लाईबेटि २०भाईल , डाईजोल्याप २० पिस , डाईक डिसि ६ पिस, ईन्जेकसन ३० एम्पुल लागु औषध बरामत गरेको हो । बरामत गरेको संमान नेपाल प्रहरीलाई बुझाएको बुझाएको सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीले जानकारी दिनु भयो । पक्राउ गरेका ३ तिनै जना लाई आवश्यक कानुन बमोजिम लागु औषध ओसापोसार अन्तर्गत कार्बाहि गर्ने गिरीले बताए ।