रुपन्देहीमा थप २ जनाको मृत्यु

१९ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


१९ भदौ, बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार थप दुईजनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं।७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ स् ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिउको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष राजनजंग राणाले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उनी मिर्गौलाका बिरामी पनि थिए र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उनको घरमै मृत्यु भएको हो ।

योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान नै बुटवलको कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षका पुरुषको मृत्यु भएको थियो । भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा शुक्रबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले पुष्टि गरे । संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा। गौतमले जानकारी दिए ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला