मानव अंगमा सबैभन्दा महत्वपुर्ण अंग हो, फोक्सो । फोक्सो बिना मानिस जीवित रहन सक्दैन । तर मानिसले जानअन्जानमा गर्ने जीवनशैली र आचरणले फोक्सोमा ठूलो समस्या आइपर्दछ । जसले हरेक बर्ष लाखौ मानिसको मृत्यु हुने गरेको छ । तसर्थ फोक्सोको स्वास्थ्यका लागी केहि कुरामा सावधानी अपनाउन आवश्यक हुन्छ । १ धुम्रपान त्याग्नुहोस् – लगभग सबैलाई थाहा छ, धुम्रपानले फोक्सोको क्यान्सर बनाउँछ । धुम्रपान फोक्सोको लागि मात्र होइन सम्पूर्ण श्वासप्रश्वास प्रणालीका लागी नै खराब हो । त्यसैले फोक्सोको स्वास्थ्यका लागी धुम्रपान त्याग्नु पर्ने हुन्छ ।
२ शारीरिक व्यायाम – आजकल मानिसहरु शारीरिक ब्यायाम गर्दैनन् । तर शारीरिक ब्यायामले फोक्सो सहि आकारमा राख्न मद्दत गर्दछ । छिटो छिटो स्वास फेर्ने, रोक्ने र विस्तारै स्वास फेर्नाले फोक्सोको ब्यायाम हुन्छ । ३। प्रदूषणबाट बच्नुहोस् – फोक्सोलाई हानी पुर्याउने अर्को कारण हो प्रदुषण । धुवा, धुलोसहित शहरी प्रदुषणले फोक्सोलाई असर पार्दछ । त्यसैले सवारीको चाप हुने, धुवा निस्कने लगायतका स्थानमा बस्नु हुदैन ।
४- प्रशस्त पानी पिउने – शरीरमा पानी अत्यन्त महत्वपुर्ण हुन्छ । फोक्सो स्वस्थ हुन पनि पानी आवश्यक हुन्छ । त्यसैले फोक्सो स्वस्थ्य राख्न प्रशस्त पानी पिउनु पर्दछ । ५- मज्जाले हास्नुहोस्-हाँस्दा हाम्रो शरीरका मांशपेशीको ब्यायाम हुन्छ । साथै मज्जाले हास्दा फोक्सोलाई समेत लाभ पुग्दछ । हाँस्दा फोक्सोको क्षमता वृद्धि हुन्छ ।