नेपाल रेडक्रस  दिवस मनाइयो

प्रकाशित मिति:

आज भाद्र १९ गते  ताली बजाउनुहोस्  #Keep Clapping” भन्ने नाराका नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५८ औँ स्थापना दिवस मनाइएको छ । वि.सं २०२० साल भाद्र १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

यसै उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिहरूको बारेमा अन्तत्र्रिmया, अस्पतालका विरामीहरुलाई फलफूल वितरण, फोटो तथा सिर्जना प्रतियोगिता जस्ता गतिविधि संयोजन गरी साप्ताहिक (भाद्र १४ देखि भाद्र २० सम्म) यो दिवसका कार्यक्रम देशभर आयोजना भएका छन् । रेडक्रसका प्रदेश, जिल्ला शाखाहरू र यूवाहरुले  विभिन्न कोभिड–१९ को विषयमा  चेतनामूलक गतिविधि, प्रतियोगिताहरू जस्ता गतिविधिहरू अनलाईन गतिविधिमा जोड दिई वा भौतिक दुरी कायम राखी आयोजना गरिरहेका छन्

केन्द्रीय कार्यक्रमको रुपमा आजै १६० जना रेडक्रसकर्मीहरुको सहभागितामा सञ्चालित कार्यक्रममा नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले अग्रपंतिका स्वयंसेवकहरुको र समुदायका मानिसहरुमा नेरेसोका कार्यक्रमबाट आएको प्रभावको कथाहरुको संगालो सार्वजनिक गरिएको छ । सो कथाका पात्र खोटाङका रेडक्रसकर्मी लोकमाया थापाले भन्नुभयो ः मनोसामाजिक सहयोगका सत्रहरु सेना, प्रहरी तथा समुदायमाझ प्रभावकारी भएको र आफ्नो पनि आत्मबल बढेको छ ।  त्यस्तै किरण सेढाईँले गाउनुभएको कोभिड विरुद्धको प्रचारात्मक अभियान सहयोगी  हुने अडियो गीत “हात धुनु ल…” सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले सार्वजनिक गर्नुभयो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र  रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको नेपाल कार्यालयका कार्यबाहक प्रमुख, साझेदारहरुका प्रतिनिधि क्रमश ः कृष्णचन्द्र चालिसे हार्भे गजेउ र नुरियाले शुभकामना सन्देश दिनुभएको थियो । नेपाल रेडक्रसका उपाध्यक्ष द्धय डा. विश्वकेशर मास्के, शर्मिला कार्की लगायत पदाधिकारी तथा सदस्यहरुले मन्तव्य राख्नुभएको थियो ।

यसैक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष र महामन्त्रीले दिवसको सन्दर्भमा आजै शुभकामना जारी गर्नुभएको छ । शन्देसमा भनिएको छ :‘सबैको रेडक्रस, सिद्धान्तनिष्ठ सञ्जाल’ भन्ने रेडक्रसकर्मीहरू र आम जनसमुदायको सदिच्छा पूरा गर्नेतर्फ चालिने कदमहरूमा सबैको सदभाव, साथ र सहयोगको अपेक्षा हामीले गरेका छौ । हाल नेपाल रेडक्रसका १,५३७ उपशाखा, ७७ जिल्ला शाखा, ७ वटा प्रदेश समिति र एक केन्द्रीय समिति रहेकाछन् भने ४,५०३ जुनियर सर्कल, समुदाय र उच्च शिक्षालायमा समेत गरी १,७५२ युवा सर्कलगरी आठ हजार भन्दबढी निकायहरूमा दुई लाख २४ हजार बैधानिक वयस्क सदस्यहरू मूलतः उपशाखा तथा जिल्ला शाखामा र आठ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध रहेकाछन् ।

दिवसकै अवसरमा ७७ वटै जिल्ला शाखा र प्रदेश कार्यसमितिसँगको श्रृंखलाबद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले भन्नुभयो : नेपाल सरकारले अहिले केन्द्रीय तदर्थ समितिलाई दिएको कार्यादेश बमोजिम संस्थालाई थप सुदृढीकरण गर्ने तर्फ हामी प्रतिवद्ध छौँ ।यो भनेको संस्थालाई वैधानिक र कानुनी आधार प्रदान गर्ने  र सहज नेतृत्व हस्तान्तरणको लागि निर्वाचन गर्ने हो । यसै अवसरमा आयोजित रेडियो परिसंवाद कार्यक्रममा नेरेसोका महामन्त्री पीताम्बर अर्यालले आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ५८ बर्षदेखि क्रियाशील नेपाल रेडक्रसले धेरै कालखण्ड पूरा गरी अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । उहाँले भन्नुभयो : पारदर्शी, जवाफदेही, मितव्ययी र सक्षम संस्थाको रुपमा नेरेसोलाई विकास गरिनेछ ।

थप समाचार