लायन्स बुद्धज्योतिले प्रहरीलाई बांड्यो स्वास्थ्य सामग्री

प्रकाशित मिति:

बुटवल, भदौ । लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विभिन्न स्थानका प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । क्लबले तिलोत्तमाको इलाका प्रहरी कार्यालय मंगलापुर, प्रहरी चौकी ड्राइभरटोल र ट्राफिक प्रहरी पोष्ट ट्राफिकचोकलाई एन् ९५ मास्क, फेस शिल्ड, सेनिटाइजर र सर्जिकल ग्लोभ्स वितरण गरेको हो ।

तीन स्थानमा गरेर क्लबले ४ सय ५० थान मेडिकल मास्क, १० थान फेस शिल्ड,एन ९५ मास्क ३२ थान,सर्जिकल ग्लोभ्स ४० जोडा, ह्याण्ड सेनिटाइजर ५ लिटर तथा जेल सेनिटाइजर १ लिटर वितरण गरेको हो । स्वास्थ्य सामग्री वितरण कार्यक्रममा क्लबका चार्टर्ड प्रेसिडेन्ट भक्तबहादुर खड्का,अध्यक्ष नारायण पाण्डे, तृतीय उपाध्यक्ष देव कुंवर, सचिव कृष्णप्रसाद पन्थी, सहकोषाध्यक्ष मेख कुंवर,पब्लिक रिलेसन अफिसर टि.आर. शर्मा लगायतको सहभागिता रहेको थियो ।

नागरिकको सुरक्षाका लागि फ्रन्टलाइनमा फिल्डमा खटिने सुरक्षाकर्मी र ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको क्लबका अध्यक्ष पाण्डेले बताए । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुम केसीले स्वास्थ्य सामग्री वितरण गरेर क्लबले सराहनीय काम गरेको बताए ।