स्वास्थ्य सर्तकता अपनाउदै काँग्रेसले गर्या भैरहवामा सप्ताहव्यापी सरसफाइ

२० भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, भदौ । स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै नेपाली काँग्रेस सिद्धार्थनगर वडा नं. ४ को र्वाड समिति र नेपाल तरुण दल सिद्धार्थनगरले संयुक्त रुपमा भैरहवामा सप्ताहव्यापी सरसफाइ कार्यक्रम सुरु गरेका छन । कोरोनाको जोखीम रहेकाले सामाजिक दुरी कायम गरी मास्कको अनिबार्य प्रयोग गरेर मात्रै सरसफाइ कार्यक्रम गरीएको आयोजकले बताएका छन ।

नेपाली काँग्रेस सिद्धार्थनगर ४का वडा सभापती नरेन्द्र रौनीयारको अध्यक्षतामा आज४ नम्बर वडाकै हनुमान मन्दिरको प्राङ्गणबाटसरसफाइ अभियान सुरु गरीयोहो । कोराना महामारीका बेला नगर तथा टोल छिमेकको सरसफाइमा ध्यान नदिदा अन्य संक्रामकम रोगहरु फैलन सक्ने भएकाले सामाजिक दुरी कायम गरी मास्कको अनिबार्य प्रयोग गरेर मात्रै सरसफाइ कार्यक्रम गरीएको वडा सभपती रौनीयारले बताउनु भयो ।

कार्यक्रममा सिद्धार्थनगर उद्योगबाणिज्यसंघकाअध्यक्ष कुलप्रसाद प्रसाद न्यौपाने,नेपााली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय उपसभापतीश्रीराम गुप्ता,तरुण दल सिद्धार्थनगरका अध्यक्ष दिपेन्द्र बुढापृति,मायादेवि च्यारीटेबल ट्रष्टका अध्यक्ष रबि रौनीयार लगायतले बोल्दै कोरोना महामारीका बेला अन्य संक्रामक रोगहरु लाग्न नदिन नगरको सरसफाइमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो । वार्ड सचिव गुरुचरण प्रजापती,शिरशिरे युवा क्लबका अध्यक्ष अनिल गुरुङ,तरुण बिभागका जिल्ला सदस्य बिनोद पुन,दिनेश सहानी,तरुण दल सिद्धार्थनगरका सल्लाहकार कोशिश खडका,सचिव कुसल उपाध्याय,कोषाध्यक्ष मिलन बिक,कृष्ण चाँही लगायतको उपस्थितीमा मास्क लगाएर सामाजिक दुरी कायम गर्दै नगरको सरसफाइ गरीएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया