धान खेतमा पानि हाल्न नदिए पछि झगडा दर्जनौं होस्पिटलमा

प्रकाशित मिति:

महेश सिंह सिरहा लहान २० भदौ  सिरहाको बर्यारपटि गाउँ पालिकामा वडा नम्बर १ कचनारीमा धानमा पानी पटाउने विषय लिएर बिवाद उग्ररुपलिए पछी ३ प्रहरी सहित दर्जनौं ब्यक्ती घाइते भएका छन् ।शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पकक्ष बिच धान पटाउने विषय लाई लिएर बिवाद उग्ररूप लिएपछि झणडा भएका थिए।स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा पानी म पहिला हाल्छु त, म पहिला हाल्छु – भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो । मोटर ,बोडीङ २,जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निजि हुन् । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए धान पटाउने एउटा् बहाना र झगडा गर्ने न्यु मात्र भएको उनले बताए । घाइते हुनेमा दिनेश कुमार यादव भगत को १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादव लाई ३ वटा टाका लागेको छ् ।

घाइतेलाई सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए । यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोकसिको आरोपमा बेस्सरी खुट्पिट गरेको पीडितले बताए । उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमला लाई बया पाखुरामा गहिरो चोट लागेको धमलाले बताए । नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ। उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको ईन्स्पेकटर अरबिन साहले बताए ।