पश्चिम नवलपरासीको सरावल १ बासाबसहीमा पनि शुक्रबार देखी फुड बैंक सञ्चालनमा,

प्रकाशित मिति:

रामु भुसाल । संकल्प प्रतिष्ठान सरावल २ पश्चिम नवलपरासीको आयोजना तथा वी आर फ्रम बासाबसही सरावल १ को समन्वयमा शुक्रबार देखी बासाबसही चोकमा फुड बैंक सञ्चालनमा आएको छ । हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ, तपाईको सानो सहयोगले कसैको जिवन बच्न सक्छ, त्यसैले आउनुहोस हातेमालो गरौँ समाजिक अभियानको सार्थि बनौँ भन्ने लेखिएका ब्यानर सहित सो फुडबैंक सञ्चालनमा आएको हो ।

संकल्प प्रतिष्ठान सरावल २ का अध्यक्ष सुशान्त शर्मा घिमिरेको अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं सरावल गाउपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट आतिथ्यतामा शुभारम्भ भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले यस संकल्प प्रतिष्ठानका युवाहरूले सुरु गरेको यस्तो अभियान आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने बताउदै गाउपालिका अध्यक्ष चौधरीले लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्याउन फुड बैंक स्थापना गरेकोमा प्रशंसा समेत गर्नभएको थियो ।

सो अवसरमा सरावल वडा नम्बर १ र २ का गरिब, अति विपन्न तथा दैनिकी छार्क टार्न नसकेका ७५ घरपरिवारलाई प्रति घर परिवार चामल ५ किलो, आलु १ किलो, नुन १ पोका, सोयाबिन १ पोका, तेल १ पोका, मसला १, १ प्याकेट र दुध १ लिटर गरि खाद्यान्नका समाग्री वितरण गरिएको प्रतिष्ठानका महासचिव सञ्जय मौर्यले जानकारी दिनुभएको छ । कार्यक्रममा अतिथिहरु सरावल वडा नम्बर १ का वडाध्यक्ष भेष नरायन चौधरी, सरावल वडा नम्बर २ का कोषाध्यक्ष बिजय सिहँ गुप्ता, प्रतिष्ठानका सल्लाहकार राजु ढकाल, समाजसेवी खिमलाल पोखरेल, चेत नरायन चौधरी, देवराज श्रेष्ठ, प्रतिष्ठानका पदाधिकारी, समाजसेवी, बुधिजिवी लगाएतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सञ्चालन भने प्रतिष्ठानका सञ्जय मौर्यले गर्नुभएको थियो ।