भरुवा बन्दुक पड्काउदा घाईते

२० भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल , स्याङ्जा—१९ भदौ- अर्जुनचौपारी गाँउपालिका १ मझपाटामा भरुवा बन्दुक पड्काउदा पैदलयात्रु घाईते भएका छन् । सोही स्थानका ६३ बर्षिय इन्द्रबहादुर क्षेत्रीले बन्दुक पड्काउदा पैदलयात्रुलाई लाग्न पुगी घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले दिएको जानकारी अनुसार भरुवा बन्दुकले लागेर सोही ठाँउका ४५ बर्षिय भिमबहादुर गोदार घाईते भएका छन् । घाईते गोदारको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गोदारको पेटमुनीको भागमा छर्रा लागेको थियो ।

क्षेत्रीले बाँदर धपाउनका लागि बन्दुक पड्काएको बताइएको छ । बन्दुक पड्काउने क्षेत्रीलाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजनामा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…
  • लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत मनरीमा सरोकावाला बीच…