नवलपरासीमा थप एक कोरोना संक्रमितको मृत्युसँगै मृतकको संख्या तीन पुग्यो

प्रकाशित मिति:

प्रकाश न्यौपाने ,  भदौ २० गते नलवलरासी  ।  कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीमा ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

पाल्हीनन्दन गाउँपालिकाको गेर्मी घर भई माईती घर प्रतापपुर गाउँपालिकामा आएको बखत उनलाई लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको थियो । निमोनियाको लक्षण देखिएकी उनलाई भदौ १७ गते बुटवल पठाइएको थियो ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि एक ६५ वर्षीया महिला र ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म जिल्लामा २ सय ६९ जना संक्रमित भएका छन्। जिल्लाका संस्थागत र होम आइसोलेसनमा गरी अहिले १ सय २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।