रिलायन्स लाइफको आइपिओ शेयरधनीको डिम्याट खातामा आईपुग्यो

२० भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबार बाट निष्कासन गरेको साधारण शेयर आइपिओ शेयरधनीहरुको हितग्राही खातामा पठाई सकेको छ । कम्पनीले हिजो ९शुक्रबार० बाट उक्त शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गराउन थालेको हो । कम्पनी लिमिटेडले भाद्र ४ गते बिहीबारबाट ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । ६३ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत कर्मचारीहरुका लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

कम्पनीको आइपिओलाई आरएलआइ (RLI)  संकेत प्रदान गरिएको छ । हाल कम्पनीको उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् । गत शुक्रबार बाँडफाँड गरिएको उक्त आइपिओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाबाट आवेदन परेकामा १ हजार ९ सय ५५ वटा आवेदनहरु रद्द भएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने २० हजार ५ सय ९ जना आवेदकको हात खाली भएको थियो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको थियो । त्यसैगरी, कम्पनीले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सनराइज क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । स्रोत : अर्थसंसार

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…