सेयर बजार सातामा ५२ : ३८ अंक उकालो लाग्यो

२० भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । यो साताको कारोबारमा नेपाल स्टक एक्स्चेञ्ज९नेप्से० परिसूचक ५२ दशमलव ३८ अंकले उकालो लागेको छ । सातामा चार कार्यदिन भएको कारोबारमा तीन कारोबार दिन बजार बढेसँगै परिसूचक उकालो लागेको हो । गत साताको अन्तिम कारोबार दिन १ हजार ४५८ दशमलव ०४ विन्दुमा रहेको बजार यो साताको अन्तिम कारोबार दिन भदौ १८ गते १ हजार ५१० दशमलव ४२ अंकमा पुगेको हो । यहि साताको कारोबारमा नेप्से परिसूचकले १५ सय विन्दु पार गरेको हो ।

साताको कारोबारलाई हेर्दा लगानीकर्ता यो क्षेत्रमा दैनिक लगानी बढाईरहेका छन् । गत साताको तुलनामा यो साता कारोबार रकम २ अर्ब १६ करोड २० लाख ८९ हजार रुपैयाँभन्दा बढी रहेको छ । यो साता चार कारोबार दिनमा ११ अर्ब ९० करोड २४ लाख ४९ हजार रुपैयाँको शेयर खरिद विक्री भएको हो । गत साता कारोबार रकम ९ अर्ब ७४ करोड ३ लाख ६० हजार रुपैयाँ थियो । यो साता सर्वाधिक कारोबार रकमको सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । साताको चार कारोबार दिनमै सर्वाधिक रकमको कारोबार गरेको यस कम्नपीले रू। १ अर्ब ७२ करोड १० लाख ६२ हजार बराबरको शेयर कारोबार गरेको हो ।

कारोबार रकमको बृद्धि र परिसूचक बृद्धि भएसँगै यो साता लगानीकर्ताको सम्पत्ति २ अर्ब १६ करोड २० लाख ८९ हजार रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन भदौ ११ गते बिहीवार १९ खर्ब २८ अर्ब ४७ करोड २० लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन भदौ १८ गते रू। १९ खर्ब ९८ अर्ब ३१ करोड ४० लाख पुगेको हो । कुल बजार पूँजीकरणको रुपैयाँ सबैभन्दा बढी हिस्सा नेपाल दुरसञ्चार कम्पनीको रहेको छ । यस कम्पनीको कुल बजार पूँजीकरण भदौ १८ गतेसम्म १ खर्ब ८ अर्ब ३० करोड रुपैयाँ रहेको छ । शेयर बजारमा नेपाल दुरसञ्चार कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । यस अवधिसम्म नेपाल दुरसञ्चार कम्पनीको प्रतिशेयर अन्तिम मूल्य ७२२ रुपैयाँकायम भएको हो । यो साता ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६३ अंकले बढेको छ । साताको अन्तिम दिन सेन्सेटिभ इन्डेक्स ३०४ दशमलव ७३ विन्दुमा पुगेको हो ।@aarthicknews

फेसबुकबाट तपाईको प्रतिक्रिया