एनआरएन लघुवित्तको एफपीओ आउँदै

प्रकाशित मिति:

काठमाडौं – एनआएन लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने प्रस्तावसहित बसेको विशेष साधारण सभाले एफपीओ निष्कासन गर्ने निर्णय गरेको हो । सभा, धनगढीको होटल साथीमा बिहान ११ बजेदेखि सुरु भएको थियो । आगामी ४ वर्षका लागि ४ जना संस्थापक र २ जना सर्वसधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकहरुको निर्वाचनसमेत गर्ने तयारी भइरहेको छ । संस्थाको नाम र ठेगना परिवर्तन गर्नका लागि नियमावली र प्रबन्धपत्र संसोधन गर्ने भएको छ ।

साविकको किसान र दिव्य लघुवित्त मर्ज अनुमोदनसमेत भएको छ । एनआरएन, किसान र दिव्य लघुवित्त एक आपसमा गाभिएर असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । ३ कम्पनी एक भएपछि एनआरएन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरिएको हो । एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई पनि आफूमा समाहित गरिसकेको छ ।

हाल सम्म एनआरएनले ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ । आगामी १ वर्ष भित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गरि ७७ वटै जिल्लामा कारोबार विस्तार गर्ने योजना बनाएको छ । एफपीओ जारी गरी चुक्ता पुँजी १ अर्ब पुर्याउने योजना पनि रहेको छ ।