रोटरी लुम्बिनी स्टार्स द्वारा उपचाररत आशिषलाई आर्थिक सहयोग

प्रकाशित मिति:

रूपन्देहीको बुटवलमा स्थापना भएको अन्तर्राष्ट्रिय क्लव रोटरी क्लव अफ लुम्बिनी स्टार्सले आर्थिक समस्यामा परेका बिरामी आशिष थापा मगरलाई १० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ । रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेले क्लवका साथीहरूले आफ्नो फजुल खर्च कटाएर बिरामी आशिष थापा मगरलाई रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गर्नु भयो ।

बाग्लुङ्ग जिल्ला स्थायी घर भएका अन्दाजी २८ बर्षका आशिष थापा मगर लकडाउनको समयमा चितवनबाट हिड्दै बुटवल आउने क्रममा नवलपरासी जिल्लाको भुटाहा भन्ने ठाउँमा हिडिरहेकै समयमा भारतीय गाडीले ठक्कर दिएर घाईते भएका थिए । बुटवल निवासी समाजसेवी अशोक बज्राचार्यले निजको हेरचाह गरिरहेका छन् । हिजो मात्र बिरामी पुर्ण रूपमा होसमा आएपछि बिरामीले आफ्नो दिदी भिनाजु बुटवल चरङ्गेमा रहेको बताए पछि दिदी भिनाजु सम्पर्कमा आएको बज्राचार्यले बताए । आशिष सहयोगार्थ कार्यक्रमू क्लवका अध्यक्ष बालकृष्ण पाण्डे, संस्थापक अध्यक्ष यादव भण्डारी, प्रेसिडेन्ट नोमिनी मुक्ति राम पन्थी, उपाध्यक्ष मोहन न्यौपाने, सचिव बिक्रम क्षेत्री, कोषाध्यक्ष ध्रुब कोईराला, सह(सचिव सुरज थापा मगर, युथ सर्भिस डारेक्टर राजीव गौतम, एडिटर प्रकाश खरेल, मेम्बर बालकृष्ण शर्मा, रोट्रयाक्ट कल्व अफ लुम्बिनी सेटार्सका संस्थापक अध्यक्ष बिमल ढकाल र सदस्य सुवास बेल्वासे लगायतको सहयोगमा रकम हस्तान्तरण गरिएको हो ।

संकलित रकम बिरामी आशिष थापा मगरलाई लुम्बिनी प्रादेशिक अस्पताल पुगेर क्लवका अध्यक्ष बालकृष्ण पाण्डे र संस्थापक अध्यक्ष यादव भण्डारीले सयुक्त रूपमा रकम हस्तान्तरण गरिएको हो ।क्लवका अध्यक्ष बालकृष्ण पाण्डेको तथा सचिव बिक्रम क्षेत्रीको संचालनमा सम्पन्न भएको हो । भने कार्यक्रमको संयोजन सह(सचिव सुरज थापा मगरले गरेका थिए ।