दशै गीत खाली निधार वजारमा, भिडियो सहित

२० भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


भाद्र २०, गुल्मी ।
हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको समापन संगै नेपाली सांगीतिक क्षेत्रले दशै आएको झल्को दिइसकेको छ । यहि परिवेसमा नेपालीहरुको महान पर्व वडा दशैलाइ लक्षित गर्दै शर्जक बासुदेव पोखरेलको सृजनामा दशै गीत खाली निधार बजारमा आएको छ ।
प्रदेशको दुख त्यसमाथी अहिले झन कोरोना भाइरसबाट थिलो थिलो वनेको विश्व अनि यहि कारणले दुःख माथि दुःख थपिएर घरमा आउन नपाउदाको पिडालाई गीतमा उतारिएको छ ।

वर्ष दिनको दशैमा घरमा आउने मन हँदा हुँदै पनि विदा अनि धनको कारणले आउन नपाएपछी आफ्नो प्रेमीकालाई प्रदेशबाटै खाली निधार नराख्न आग्रह प्रेमिले गरेका छन भने घरमा वसेकी प्रेमीकाले धन सम्पत्ति नभएपनी दशै तिहार सँगै मनाउने हो भन्दै घरमा आउन आग्रह गरेको दृश्य गीतले वोलेको छ ।

गीतको सृजना गुल्मेली सर्जक बासुदेव पोखरेलले गरेका हुन भने लय सृजना मनोज ढकालले गरेका हुन । कृष्ण लामिछाने र टिका पुनको आवाजमा सजिएको गीतको वजार व्यवस्थापन सर्व सम्मान म्युजिक प्रा.ली.ले गरेको छ । गीतको भिडियो समेत निकै आकर्षक वनेको छ । मोडल सुर्य वली र सोस्तिका सिंङ्गको अभिनय रहेको गीतको निर्देशन प्रकाश क्षेत्री, छायांकन विरेन्द्र भट्ट र सम्पादन अनिल रानाले गरेका हुन ।
हेर्नुहोस गीतको भिडियोः

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली कांग्रेस वडा समितिद्धारा सम्मान
  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु