PE Ratio भनेको के हो?कसरी बिस्लेशण गर्ने? कति PE Ratio भाको कम्पनी छनोट गर्ने ?

प्रकाशित मिति:

निर्मल पौडेल  – PE Ratio भनेको के हो?कसरी बिस्लेशण गर्ने? कति PE Ratio भाको कम्पनी छनोट गर्ने? -लगानीकर्ताले एकदमै ध्यान दिनु पर्ने भनेको कम्पनीको मुल्य आम्दानी अनुपात (PE Ratio) हो। सैद्धान्तिक रुपमा ,PE Ratio भनेको कुनै पनि कम्पनीको प्रती सेयर आम्दामी अनुसारको बजार मुल्य छ कि छैन वा त्यस कम्पनीबाट भबिस्यमा आउने प्रतिफल तथा लाभांशले आज बजारमा खरिदकर्ताले तिरेको मूल्यले न्याय गर्छ/ गर्दैन भनेर बिस्लेशन गर्ने एउटा आधार हो। ब्यवारिक हिसाबले, मूल्य आम्दानी अनुपात भनेको बजार मुल्य / प्रति सेयर आम्दानी हो।

PE Ratio हेरेर कम्पनी छ्नोट गर्न सक्यो भने घाटा हुने सम्भावना एकदम न्यून हुनेछ । प्राय बिश्व बजारमा सेयर खेलाडी,अर्थबिध तथा बुद्धिजीवीले बिस्लेशण गरेर सेयर खरिदबिक्री गर्नको लागि हेरिने रेसियो पनि मुलत: यहि नै हो। नेपाल मात्रै नभएर बिश्वब्यापी रुपमा स्विकार गरिएकाले सेयर खरिदबिक्री गर्नका लागि यो रेसियो राम्रो आधार मनिन्छ।यो रेसियो १० देखि १५ भयो भने सेयर किन्नको लागी एकदमै राम्रो हो भन्ने बुझिन्छ । तर १० भन्दा तल आएको पनि त्यति राम्रो मानिदैन किन कि त्यस कम्पनीमा लगानिकर्ताको विभिन्न कारणले ( जस्तै संस्थागत शुसासन, कम्पनीको बित्तीय अवस्था,कम्पनीको सद्भावना आदि -आकर्षण नभएको बुझिन्छ ।यसले कुनै पनि कम्पनीको सेयर मुल्य Under Valued वा Over Valued हो भनेर चिनाउन मद्धत पुराउछ। Under Valued भएको हो भने किन्ने अबसर हो तथा त्यस कम्पनीको बजार मूल्यले भबिस्यमा पाउने संभावित प्रतिफल तथा लाभांशलाई न्याय गर्दैछ भनेर बुझ्नुपर्छ र Overvalued भएको भए बेच्ने या Stop Loss रणनिति अपनाउनु पर्छ ।

उदाहरण , कम्पनी A – (PE Ratio-१०) कम्पनी B -( PE Ratio २८) अब यी दुबै कम्पनी PE Ratio हेरेर मुल्यांकन गर्ने हो भने हामीले दीर्घकालीन नाफा / प्रतिफल प्राप्त गर्न कम्पनी A छनाेट गर्ने। किनकि हजुर रु.२८ रुपैयाँ लगानी गरेर रु.१ (३.५७%) रुपैयाँ कमाउने कि रु.१० रुपैयाँ लगानी गरेर रु.१(१०%) रुपैयाँ कमाउने? पक्कै पनि हजुरले धेरै प्रतिफल दिने कम्पनी छ्नोट गर्नु हुनेछ । केही कम्पनीहरुको PE Ratio एकदमै धेरै हुन्छ तै पनि बुद्धिजीवीले खरिद गर्छन् किनकि त्यस कम्पनीको भबिस्यमा सम्भाबित प्रतिफल र लाभांश राम्रो हुनेछ तथा जोखिम एकदमै न्यून छ भन्ने अपेक्षित भएर हो। धन्यवाद ,साना लगानीकर्ता,  निर्मल पौडेल