दोस्रो बजारमा सेयर किन्नु भन्दा अगाडि साना लगानिकर्ता ध्यान दिनु पर्ने कुराहरु

२१ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


निर्मल पौडेल  १. सर्वप्रथम आफुलाइ किन्न मन लागेको सेयरको सुचि तयार पार्ने। दीर्घकालीन लगानी हो या अल्पकालिन लगानी गर्न लाग्नु भएको त्यो निश्चित गर्नुस र सो अनुसार निर्णय लिनुहोस।  २. सुचि तयार भए पस्चात छनोट गरेका मध्ये सबैको सेयरमूल्य,Trend analysis,Chart Analysis,बितरनयोग्य नाफा,खरिदबिक्री चाप आदि हेर्ने र बितरन्योग्य नाफा अनुसारको बजार मुल्य हो या होइन अरु कम्पनीसंग तुलनात्मक रुपले अध्यन गर्ने।यती गरि सके पछि Best Among The Best लाई छ्नोट गर्ने।  ३. त्यसपछी अफ्नो हैसियत अनुरूपको Risk Analysis गर्ने। जस्तै आफुले कति लगानी गर्दैछौ,यदि बजार घटेर बर्बादै हुन लाग्यो भने बजार कति सम्म तल झर्दा आफ्नो Risk Bear गर्ने क्षमता छ।उदाहरणको लागि जस्तै मैले SKBBL २०० कित्ता किन्न लागे र यस्को बजारमुल्य रु.१३५० छ। अब बजार एकदम खस्कियो/झर्यो भने रु.९०० सम्म आउला। ९०० सम्म आउँदा मैले गुमाउनु पर्ने घाटा (१३५०-९००)*२००=रु.९०,०००। अब सोच्नुस के म रु.९०००० Risk Bear गर्न सक्छु भनेर आफुले अफुलाइ मूल्याकंन गर्नुहोस। अत्याधिक नाफा कामाउने आशले यो घटेको मुल्यले कतै तपाईंको दैनिकी खर्च चलाउन गाह्रो त हुने हैन?

४.तपाइलाई अरुले यो किन्न र त्यो किन्न भनेर उकासेको भरमा सेयर नकिन्नुस। कुरा सुन्नुस,सल्लाह लिनुस,िवष्लेशन गर्नुस र मात्र लगानी गर्नुस।कहिलेकाहीँ के भैदिन्छ भने बजारमा हल्ला/समाचार आएपछि साना लगानिकर्ता खरिद गर्न तयार हुन्छन या हुँदैगर्दा ठुला लगानिकर्ताले गोप्य सुचना मार्फत सो समाचारलाई आधार मानेर सेयरमुल्य बढाइ सकेको हुन्छन र घटनेक्रममा हुन्छ र साना लगानिकर्ता फस्न पुग्छन् ।होस गर्नुहोस,यो घटना प्राय नेपाली सेयर बजारमा देखि राखिन्छ।५.कृपया Portfolio Management मा एकदमै ध्यान दिनुहोस् । एउतै कम्पनीबाट धेरै कमाई हुने अपेक्षामा ठुलो परिणाममा लगानी गर्दा पनि ठुलो जोखिम हुन सक्छ तसर्थ लगानी गर्दा बैंक -क,ख,ग र घ बर्ग),इन्स्योरेन्स (लाइफ र नन-लाइफ ), हाइड्रो पावर, आदि मा मिलाएर ,सन्तुलित बनाएर लगानी गर्नुस।किनभने बजारमा तपाईं जस्तै सबै लगानिकर्ताले नाफा कमाउने उदेश्यले मात्र खरिदबिक्री गरेका हुन्छन् । एउटा कम्पनीको घाटा भैहाल्यो भने अर्को तिर बाट Recover गर्ने उदेश्यले लगानी गर्नुपर्छ। साना लगानिकर्ता,  निर्मल पौडेल

फेसबुकबाट तपाईको प्रतिक्रिया