कर तथा विवरण बुझाउने म्याद थप्न चेम्बरको माग

प्रकाशित मिति:

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर तथा विवरण बुझाउने म्याद थप गर्न माग गरेको छ । चेम्बरले जेठ २८ मा लकडाउन अन्त्य भएको ३० दिनभित्र कर तथा विवरण बुझाउनुपर्ने निर्देशन दिएपनि म्याद नसकिँदै पुनः निशेधाज्ञा सुरु भएकाले पुनः म्याद थप्न माग गरेको हो । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थ मन्त्रालयमा पत्र पठाउँदै यस्तो म्याद थप्न माग गरेका हो ।

लकडाउनका कारण उद्योग बन्द भएकाले कर बुझाउन नसकिएको र पुनः निशेधाज्ञा लागु हुँदा लकडाउनको भन्दा कडा रुपमा उद्योगहरु बन्द हुँदा सोही अनुसारको अप्ठ्यारो परिस्थिती सिर्जना भएको उनको भनाई छ । यस्तै लकडाउन पुर्ण रुपमा खुलेको ३० दिनभित्र कर तथा विवरण बुझाउने व्यवस्था मिलाउन उक्त् पत्रमार्फत माग गरिएको छ । चेम्बरले निशेधाज्ञाका कारण यातायातका साधनहरुसमेत नचलेकाले कर तथा विवरण बुझाउन नसकिएको समेत उल्लेख गरिएको छ ।