स्याङ्जाका दुई मालपोत बन्द

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल  स्याङ्जा—२१ भदौ-  स्याङ्जा मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लाका दुई मालपोत कार्यालय बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयबाट हुने सेवाप्रवाह स्थगित गरिएको छ । एक सातादेखि अस्पतालमा उपचाररत उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएका व्याक्ति सगँ सगै काम गर्ने अर्का कर्मचारी शुक्रवार वालिङ मालपोत कार्यालयमा कम्पुयटर सम्वन्धी काम गर्न आएका थिए ।

कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा वालिङमा कार्यरत कर्मचारीहरु पनि परेका कारण वालिङको मालपोत समेत बन्द गरिएको वालिङ नगर स्वास्थ्य प्रमुख कमल पाण्डेले बताए । पाण्डेका अनुसार एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयमा कार्यरत अन्य कर्मचारीका कन्ट्रयाक ट्रेसिङ् गर्नुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयबाट उपलब्ध गराइने सेवाप्रवाह स्थगित गरिएको जानकारी दिए । भू—सेवाका काम भने नरोक्न स्थानीय पालिकालाई आग्रह गर्दै कार्यालय संचालन हुने बित्तिकै यी काम प्राथमिकतामा राखेर काम गर्ने जारी सूचनामा उल्लेख गर्दै अर्को सुचना नआएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताइएको छ ।