पश्चिम नवलपारसीको बजारमा चहलपहल देखियो, गुणस्तरहिन बस्तु विक्रि वितरण हुन सक्ने भन्दै बर्दघाट नगरपालिकामा पसलहरु अनुगमन

२१ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल – लामो समयको निषेधाज्ञा आइतबार देखी केही खुकुलो भएपछी बजारमा कृेही चहलपहल देखिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले शनिबार राति १२ बजेदेखी आगामी भदौ ३१ गते राति १२ बजेसम्मको लागी तोकेको निषेधाज्ञालाई खुकुलो बनाएको छ । तर सो समयमा अति आवश्यक दुग्ध, तरकारी, मासुजन्य लगाएत खाद्यान्नका पसलहरु विहान ७ बजेदेखी साँझ ७ बजेसम्म खोल्न अनुमति प्रदान दिएको छ तर अन्य पसल ब्यवसायहरुको हकमा भने यो नियम लागु हुनेछैन । सो मापदण्डमै रही जिल्लाका सात वटै पालिकाहरुले छुट्टा छुट्टै सुचना जारी गर्दै पसल ब्यवसाय सञ्चालन गर्न मापदण्ड बनाएका छन । निषेधाज्ञा खुकुलो भएपछी अहिले भने बजारहरुमा केही चहलपहल देखिएको छ ।

लामो समयको बन्दा बन्दी पछि निषेधाज्ञा खुकुलो भएपछी पसल ब्यवसाय सञ्चालन गर्न पाउदा ब्यवसायीहरुले खुसी ब्यक्त गरेका छन । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले पसल ब्यवसाय सञ्चालन गर्न दिएपनि खाद्य बस्तुको गुणस्तरमा उपभोक्ताहरुले प्रश्न उठाएका छन । लामो समय पसल ब्यवसायी बन्द हुदा गुणस्तरहीन खाद्य बस्तु विक्री वितरण हुन सक्ने भन्दै स्थानिय सरकारलाई यसतर्फ विशेष ध्यान दिन आग्रह समेत गरेका छन । यसैबीच, पसलहरुमा चहलपहल बढेसंगै बर्दघाट नगरपालिकाको आयोजनामा बर्दघाट नगरभित्रका बजार पसलहरुको आइतबार अनुगमन गरिएको छ । बर्दघाट नगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी समयोजक माया देवी पौडेलको समयोजकत्वमा बजार अनुगमन गरिएको हो । सो अनुगमनको क्रममा बर्दघाट नगरपालिकाको विगतको निर्णयले नगरमा सुर्तीजन्य पदार्थ विक्रि वितरणमा रोक लगाएपनि सो को विक्री वितरण नगरका पसलहरुमा ब्यापक रुपमा भइरहेको गुनासो बढेपछी २६ वटा पसलमा अनुगमन गर्दा अधिकांश पसलहरुमा सुर्तीजन्य पदार्थ विक्रि वितरण गरेको फेला पारिएको अनुगमन समितिका सदस्य सचिव एवं बर्दघाट नगरपालिकाका सुचना अधिकृत प्ुष्कर काफ्लेले जानकारी दिनुभएको छ ।

बर्दघाट नगरपालिकाको बर्दघाट, चिसापानी, भुतहा, भटौलिया, जहदा, पुर्नवास, जिमिरेभार, बाढिपिडित लगाएत बजारका पसलहरुमा अनुगमन गरिएकोमा सो बाट करिब १ लाख बराबरको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको समेत काफ्लेले जानकारी दिनुभएको छ । सो क्रममा अनुगमन गरेका पसलहरुमा मुल्यसुची नराखिएको पाइएपछी सबैले देख्ने गरि मुल्य सुची राख्न समेत सुझाव दिइएको थियो । अनुगमनको क्रममा बर्दघाट नगरपालिकाका सुचना अधिकारी पुष्कर काफ्ले, बर्दघाट उध्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं. ५ का प्रदेश सदस्य धन्नजय पौडेल, ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रतिनिधि, नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो । बर्दघाट नगरपालिकाले चाडबाडका बेला गुणस्तरहिन र चर्को मुल्यमा समानहरु विक्री वितरण हुन सक्ने भन्दै अनुगमनलाई निरन्तरता दिदै जाने र बर्दघाट नगरपालिकालाई सुर्तीजन्य पदार्थ मुक्त नगर बनाउन सबैको साथ र सहयोगको आयश्वक रहेको बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया