नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको भेला सम्पन्न

प्रकाशित मिति:

२१ भदौ,कञ्चन- नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको आयोजनामा उपशाखाको भवन निर्माणका लागि समुदायको प्रतिनीधिमुलक भेला सम्पन्न भएको छ। सामाजिक सेवाभावले बिभिन्न सामाजिक क्षेत्रमा सचेतनामुलक तथा उद्धार र राहतको कार्यमा सकृय रहदै आएको नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको सामाजिक भवन निर्माण गर्नमा सबैको साथ र सहयोग हुने उक्त भेलाले प्रतिबद्धता गरेको छ।

जहाँ आपत बिपद र दुख्छ त्यहां रेडक्रस पुग्छ भन्ने अभियान सहित समाजको हरेक घटनाहरुमा समुदायको समनवय र सहकार्यमा कार्य गर्दै आइरहेको गैह्र नाफामुलक संस्था रेडक्रसको सामाजिक भवन सहितको कार्यलय निर्माणका लागि गाउपालिकाबाट सकारात्मक प्रतिबद्धता भएको र समुदाय स्तरबाट पनि आवस्यकता अनुसारको साथ सहयोग उपलब्ध हुने समाजसेवी पुष्पराज शर्माले ब्यक्र गर्नु भएको छ । यसैगरी कञ्चन गाउपालिका वार्ड नं। ३ र ४ को सिमामा रहेको हर्नाचौर स्थित करिव २ कट्ठा सार्वजनिक जग्गामा रेडक्रसको सामाजिक भवन बनाउन स्थानिय जनप्रतिनीधिहरुबाट पनि बजेट ब्यबस्थापनको गाउपालिकामा पहल र आवस्यक सिफारिस गरी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त भएको छ।

उपशाखाका उपसभापति गंगालाल पौडेलले रेडक्रस जस्तो सेवा मुलक संस्था संचालनको लागि सामाजिक भवन निर्माण गर्न आवस्यक जग्गा ब्यबस्थापन गर्नमा सहयोग गर्ने स्थानिय जनप्रतिनीधि,समाजसेवी र स्थानिय सहयोगदाताहरुलाई धन्यवाद दिदै सबैको सक्दो सहयोग प्राप्त भए नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको सामाजिक भवन छिटै निर्माण कार्य शुरु हुने समेत ब्यक्त गर्नु भएको छ। उपशाखाका सह कोषाध्यक्ष हिमा बेलवासेले संचालन गर्नु भएको भेलामा सचिव तुल बहादुर थापाले भेला आयोजनाको औचित्य र समय सान्दर्भिकताको बारेमा प्रष्ट पार्नु भएको थियो ।