कोरोना संक्रमितहरुको आत्मवल बढाउन अध्यक्षको भेटघाट

२१ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


२१ भदौ,कञ्चन- कचन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कोरोना संक्रमित कञ्चनवासीहरुको आत्मवल बढाउन घरघरमा गई कोरोना संक्रमितहरुलाई भेटघाट गर्नु भएको छ। कोरोना संक्रमण भएपनि नियमित ब्ययाम र पोषणयुक्त नियमित खाइरहेमा जुनसुकै संक्रमणलाई पनि जित्न सकिने अध्यक्ष क्षेत्रीले सल्हाह दिनु भएको छ।

कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम समेत सहभागी रहेको भेटघाट कार्यक्रममा अध्यक्ष क्षेत्रीले आफुलाई निरास भएर होइन हरेक कुरामा सक्षम छु र जुनसुकै सक्रमणलाई सहजै पराजित गर्न सक्छु भन्ने आत्मवलका साथ नियमित ब्ययाम र पोषणयुक्त खानालाई निरन्तरता दिन आग्रह गर्नु भएको छ।

यसैगरी स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले आफुलाई कोरोना संक्रमण भएको भएपनि कुनै लक्षण नदेखिए सम्म आफु स्वस्थ भएको महसुस गरी कोरोना संक्रमणको लक्षण देखा पर्न नदिन नियमित रुपमा साबुन पानीले हात धुन र स्वास्थ्यबद्र्धक ब्यायमहरु गर्नु पर्ने सुझाव दिनु भएको छ।आफ्नो स्वास्थ्यमा कुनै जटिलता वा समस्या देखिनासाथ नजिकको स्वास्थ्यकर्मीहरु वा स्वास्थ्यशाखामा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ। कञ्चनमा ५८ जनालाई कोरोना संक्रमण भएकोमा ३९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन भने होम आइसोलेसनमा १९ जना र क्वारेन्टाइनमा ५ जना रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया