रिलायन्स लाइफको सेयर भोलिदेखि कारोबार हुने

प्रकाशित मिति:

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको भोलिदेखि दोस्रो बजारमा सेयर कारोबार हुने भएको छ ।भर्खरै सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स र नेप्सेबीच सोमबार सूचीकरण सम्झौता हुने भएको छ । आज नेप्सेमा सूचीकरण भएपश्चात भोलिदेखि दोस्रो बजारमा कारोबार हुने भएको हो ।

आज नेप्सेमा सूचीकरण भएको रिलायन्स लाइफलाई नेप्सेले आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेञ्ज न्यूनतम १०७ रुपैयाँ प्रतिकित्तादेखि ३२२ रुपैयाँ प्रतिकित्ता तोकिएको नेप्सेका एक अधिकारीले जानकारी दिए ।