गुल्मीका होटल सञ्चालक कुवँरको कुटपिटबाट मृत्यु

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


           हत्या गर्नेको अनुसन्धान हुँदै!

टोपलाल अर्याल/गुल्मी – गुल्मीको इस्मामा कुटपीटबाट एक जनाको मृत्यु भएको । इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा भुमरी होटल सञ्चालन गर्दै आएका २३ बर्षीय मोति बहादुर कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान कुवँर घाइते र अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मोति र दाजु यम बहादुर कुवँरले संयुक्त रुपमा न्यू  भुमरी होटल संचालन गर्दै आएका थिए । यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए । कुटपीटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।

अचेत कुवँरको उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो । अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया