आरएमडीसी लघुवित्तको २०५ लाभांश वितरण गर्ने घोषणा

प्रकाशित मिति:

काठमाडौं : आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०५ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १५५ बोनस सेयर र ५५ नै नगद गरी कुल २०५ लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ नगद बाँड्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुन कम्पनीले जनाएको छ ।

आरएमडीसी लघुवित्तको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ । गत वर्ष कम्पनीले १२।५५ बोनस र १२।५५ नगद गरी कुल २५५ लाभांश वितरण गरेको थियो ।