खेतीयोग्य जग्गा अब प्लटिङ गर्न पाइने, तीन वर्षपछि जग्गा कित्ताकाट खुल्यो

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाण्डौ । सरकारले खेतीयोग्य जग्गाको कित्ताकाट खण्डीकरण मा लगाएको प्रतिबन्ध शुक्रबारदेखि हटाएको छ। भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बिहीबार मन्त्रीस्तरकोबाट निर्णय गर्दै जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन्। यसबारेमा मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गरेको छ। पत्रमा जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने खुलाउने निर्णय भएको जानकारी गराइएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउनसहितको सुझाव मन्त्रालयलाई दिएको थियो। सोही सुझावपछि कार्यान्वयन गर्दै मन्त्रालयले जग्गा कित्ताकाट खुलाएको हो। मन्त्रालयले झन्डै ३ वर्षअघि मन्त्रीस्तरको निर्णयबाट जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएको थियो। केही समयपछि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुले पनि सेवाग्राहीले निकै समस्या झेल्दै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया